विमानस्थलमा भिजिटर पास वितरण बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि दिइँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलले एक सार्वजनिक सूचना जारी गर्दै यही साउन २७ गतेदेखि यो नियम लागू हुने जानकारी दिएको हो । सूचनाअनुसार, अबदेखि व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रुहरू जस्तै– वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला […]