सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • लुकाएर राखेको १९१ बोरा मल बरामद

लुकाएर राखेको १९१ बोरा मल बरामद

570
Shares
लुकाएर राखेको १९१ बोरा मल बरामद

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पाेरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा सरकारी अनुदानको रासायनिक मल जम्माखोरी गरी राखेको र बजार मूल्यभन्दा धेरैमा बिक्री गरेको गुनासोका आधारमा अनुगमन गर्दा दुई स्थानबाट १९१ बोरा मल बरामद भएको हो ।

साल्ट्रेडिङ कर्पाेरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले अनुगमनका क्रममा सरकारी अनुदानको मल गलत ढङ्गले बिक्रीवितरण गर्दै आइरहेको अनुगमनका क्रममा सो मल बरामद् भएको जानकारी दिए ।

‘मल बिक्री गर्ने अनुमति नभएकाले मलको मूल्यभन्दा अत्यधिक धेरै मूल्य राखेर बिक्रीवितरण गर्दै आइरहेको भेटियो’, उनले भने, ‘मल बरामद भए पनि सो मल कारोबारमा संलग्न हुने व्यक्ति भने फरार छन् ।’ सो अनुगमन समितिले सखुवाप्रसौनी गाउँपालिका– ३ कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरेको छ ।

टोलीले सोही ठाउँका शाह महमद मलखाद भण्डारका सञ्चालक शाह महमद अन्सारीले आफ्नो घरमा लुकाइराखेको १४१ बोरा रासायनिक मल बरामद गरेको छ । जसमा डिएपी मल नौ बोरा, पोटास मल १८ बोरा र सिङ्गल सुपर फस्फेट मल ११४ बोरा बरामद गरेको जनाएको छ ।

– रासस

570
Shares

ट्रेन्डिङ