सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • दाहाल र नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदै

दाहाल र नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदै

5560
Shares
दाहाल र नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै ५ जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । विशेषगरी पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् ।

कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर लगायत मन्त्रीहरुले राजीनामाका लागि तयारी गरेका हुन् ।

यसका लागि उनीहरु यतिबेला आन्तरिक छलफलमा बसेको पनि बुझिएको छ । आइतबार बिहान मन्त्रिपरिषदको बैठकमा संसद विघटनको कुरा उठ्दा पनि उनीहरुमध्ये केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

5560
Shares

ट्रेन्डिङ