सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रमोदको चस्स गितको भिडियो सार्वजनिक

प्रमोदको चस्स गितको भिडियो सार्वजनिक

6580
Shares
प्रमोदको चस्स गितको भिडियो सार्वजनिक

डाक्टर भामा देबकोटा शर्माको शब्द बिपिन आचार्यको संगीत र डा.प्रमोद शर्माको स्वर रहेको चस्स गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा डा.शर्मा आफैले अभिनय गरेका छन। साथमा राजेन्द्र गिरि(गुन्द्रुक साधेर) र अर्जुन दर्लामीको समेत भिडियोमा अभिनय रहेको छ। पछिल्लो समय टिकटकमा भाइरल बनेका च्वास्स बोल्ने चटपटेवालाको अभिनयले पनि भिडियो गित अनुसारकै चस्स बनेको छ ।

दिपक कुमार शर्मा र अम्बिका शर्माले मिलेर निर्माण गरेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन खेमनाथ खनालको सह निर्देशन उत्तर मगरको सम्पादन रहेको छ।भिडियो लाई वसन्त सापकोटाले निर्देशन गरेका हुन।

गीतकार भामा देवकोटा शर्माको रचनामा स्वरुप राज आचार्यले गाएको खोजि हिडे बोलको गित केहि समय अगाडी सार्वजनिक भएको थियो। खोजि हिडे र चस्स बोलका दुवै गीतका भिडियोहरु प्रभामा क्रियसन मार्फत रिलिज गरिएका छन्।
हेर्नुहोस् भिडियो :

6580
Shares

ट्रेन्डिङ