सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • जीप दुर्घटना अपडेट: ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो

जीप दुर्घटना अपडेट: ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो

5285
Shares
जीप दुर्घटना अपडेट: ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो

मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा स्याङ्जा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरको ज्यान गएको हो । यस्तै ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवरको दुर्घटनामा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा र एक जनाको वालिङमा उपचार भइरहेको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।

5285
Shares

ट्रेन्डिङ