सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • पत्रकार महासङ्घ जापान शाखाको अध्यक्षमा घले

पत्रकार महासङ्घ जापान शाखाको अध्यक्षमा घले

4840
Shares
पत्रकार महासङ्घ जापान शाखाको अध्यक्षमा घले

पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित हुनुभएको छ ।घलेले बेलुकाजी थापालाई पराजित गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित हुनुभएका छ । कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राजविन थापा, ऋतुकुमार दुरा र कुमार मोक्तान निर्विरोध चयन हुनुभयो ।
त्यस्तै छ सदस्यमा आनन्द कोइराला, निशान मगर, मुक्ति सुवेदी, रमेश श्रीषमगर, शान्त पहरी, सङ्गीता कुवँर र रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिलाई पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले बधाई तथा शुभकामना दिनुभयो । विजयी भएका घलेकोे नेतृत्वले आपसी सहकार्यमा अघि बढ्ने बताउनुभयो ।रासस

4840
Shares

ट्रेन्डिङ