सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

फेसबुकविरुद्ध मुद्दा

4185
Shares
फेसबुकविरुद्ध मुद्दा

जर्मन चान्सलर एन्जेला मर्केलसित खिचेको सेल्फी भाइरल भएपछि एक सिरियाली शरणार्थीले मानहानीको मुद्दा फेसबुकविरुद्ध हालेका छन्। उनका विकलले आफूलाई आतंकवादी र अपराधी आरोप लगाउँदै भइरहेका पोस्टहरु नहटाएकोले सोसल नेटवर्किङ साइटविरुद्ध मुद्दा हालेको बताएका छन्।
अनास मोदामनी नामका एक १९ वर्षीय शरणार्थीले गएको सेप्टेम्बर २०१५ मा मर्केलसित सेल्फी खिचेका थिए। बर्लिनको स्पन्दाउ जिल्लास्थित शरणार्थी शिविरमा भ्रमणका क्रममा उनले सेल्फी खिचेका थिए।
मर्केलले शरण खोजिरहेका हजारौँका लागि देशको सीमा खोल्ने निर्णय गर्दा यो फोटो सकारात्मक रुपमा उपयोग भएको थियो।
तर मार्च २०१६ मा ब्रसेल्ल एयरपोर्टमा भएको विस्फोट लगायतका घटनापछि उनी आक्रमण र हत्याका लागि जिम्मेवार रहेको भन्दै फेसबुकका धेरै अकाउन्टहरुबाट उनको फोटो सेयर भएको थियो। पहिलोपोस्ट (अल जजिरा)

4185
Shares

ट्रेन्डिङ