सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ठेकदारले भाडा नदिदा बनेपा नगरले लगायो सटरमा ताला, व्यवसायी आन्दोलित

ठेकदारले भाडा नदिदा बनेपा नगरले लगायो सटरमा ताला, व्यवसायी आन्दोलित

18165
Shares
ठेकदारले भाडा नदिदा बनेपा नगरले लगायो सटरमा ताला, व्यवसायी आन्दोलित
  • रमिला खड्का

काभ्रेको बनेपा नगरपालिकाले भाडा नतिरेका सटरमा आज ताला लगाएको छ । नगरपालिकाले सटरमा ताला लगाएपछी व्यवसायीहरु आन्दोलित हुँदा बनेपा बसपार्क क्षेत्रमा तनाव सृजना भएको छ ।

सटर भाडा बापतको ३८ लाख ६० हजार रकम नतिरेको भन्दै नगरपालिकाले तीन वटा सटरमा आज ताला लगाएको हो । ताला लगाएकामध्ये इलाका हुलाक कार्यालय बनेपाको भवनमा रहेको सटरका ठेक्का कटुवाल निर्माण सेवा रोशी गाउँपालिका वडा नम्बर १ र नगरपालिकाको भवनमा रहेको ग्यारेज रहेको सटरको ठेक्का विमल पाण्डेले लिएका थिए ।

व्यवसायीले भाडा तिरेको बताएपनि ठेकेदार कम्पनी र व्यक्तिले उक्त बक्यौता नगरपालिकालाई नबुझाएको पाइएको हो । जसमध्ये कटुवाल निर्माण सेवा कम्पनीले २८ लाख ६० हजार र विमल पाण्डेले करिब १० लाख तिर्न बाँकी रहेको नगरपालिकाका राजस्व विभाग प्रमुख विनोद हुमागाईँले सबैको समाचारलाई जानकारी दिए ।नगरपालिकाले ठेकदार कम्पनीसंग ३६ महिनाको लागि सम्झौता गरेको थियो ।

यता व्यवसायीहरुलेले भने आफूहरुले ठेकदारलाई पैसा दिएको दाबी गर्दै बिना जानकारी बिनानै सटरमा ताला लगाएको आरोप लगाएका छन् । उनीहरुले नगरले लगाएको उक्त ताला फोड्ने प्रयास समेत गरेका थिए ।

राजस्व विभाग प्रमुख हुमागाईँले भने आफूहरुले ठेकदार कम्पनीलाई पटक पटक भाडा तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि वेवास्ता गरेका कारण ताला लगाएको बताएका छन् ।

व्यवसायीले विना सूचना सटरमा ताला लगाएको बताएपनि नगरपालिकाले जारी गरेको सूचना उनीहरुलेनै च्यातेर फालेको नगरपालिकाले बताएको छ् । नगरपालिकाले आजै दिउँसो ताला लगाउनु अगाडी जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पत्र पठाएको नगरपालिकाले जनाएको छ ।

नगपालिकामा स्थानीय चुनाव २०७९ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको दोस्रो बैठकलबाट नै भाडा नतिर्ने सटरमा ताला लगाउने निर्णय गरेको थियो ।

18165
Shares

ट्रेन्डिङ