‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’: मन्त्री झाँक्री
काभ्रे, २ वैशाख : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । यसअघिको सरकार […]