प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोकिए
काठमाडौं, १६ पुस : सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो । जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र […]