सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भन्छन् : माधवकुमार नेपाल

मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भन्छन् : माधवकुमार नेपाल

5065
Shares
मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भन्छन् : माधवकुमार नेपाल

 

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यू केपी बा’ भनिरहेको बताएका छन्।

आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरूले आई लभ यू केपी बा भनिरहेको बताएका हुन्।

उनले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको आरोप लगाए।

उनले भने, ‘आई लभ यू केपी बा, मूर्तिलाई नढोग्नेहरू आई लभ यू केपी बा, व्यक्तिको देवत्वकरण भइसकेपछि यो व्यक्तिले आफूलाई देवता ठान्दछ। देवताको अवतार। त्यो घमण्डले चुर हुन्छ। आजको व्यवहारले त्यो कुरा पुष्टि गरेको छ।

दम्भी मान्छे, निरंकुश चरित्रको मान्छे, कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ। पार्टीमा गइसकेपछि त्यो पार्टी गुटमा परिणत भयो। केपीका हनुमानहरू मात्रै बस्ने स्थिति भयो। केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो। स्वतन्त्र चिन्तनहरू, आफ्नो विचार, धाराणा राख्न चाहनेहरू, पार्टीको भलाइ सोच्नेहरूको त्यहाँ कुनै मूल्य रहेन।’

ओली कुरा सुन्ने खालका मान्छे नै नभएको भन्दै नेपालले भने, ‘जस्तो मान्छेको कुरा नसुन्ने मान्छेले तपाइहरूको कुरा सुन्ला ? महासचिव भएर १५ वर्षसम्म पार्टी हाँके, मेरो मातहतमा बसे केपी ओली, मेरो कुरा त उनले टेरेनन् भने अरुको कुरा कसरी सुनुन्। बैठक बोलाइदिनुहोस्, भन्ने निवेदन लिएर जाँदा उनले निवेदनमा तोक लगाइदिन्छु भने। निवेदनमा तोक लाग्छ, यो सरकारी काम हो?’

 

5065
Shares

ट्रेन्डिङ