सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको रिपोट आज आउदै

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको रिपोट आज आउदै

5650
Shares
क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको रिपोट आज आउदै

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।

‘गत ७ गते उनी भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने नगरप्रमुख भण्डारीले बताए ।

5650
Shares

ट्रेन्डिङ