रेडक्रसले दियो काभ्रेलाई ‘सेन्ट्रिफ्युज’ मेसिन
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ। ३० लाख बराबरको सो उपकरणले दाताबाट सङ्कलित रगतलाई प्लाज्मा, प्लेटलेटलगायत विभिन्न तत्वमा विभाजन गर्न सहयोग पुर्याउँछ। यसबाट काभ्रेको रक्तसञ्चार सेवा थप प्रभावकारी हुने बताइएको छ। डेनिस रेडक्रसका सहयोगमा काभ्रेमा सञ्चालित ‘समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण […]