सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बागमती प्रदेशकै लामो पक्की पुल सिन्धुलीको हरिहरपुरगढीमा बन्ने

बागमती प्रदेशकै लामो पक्की पुल सिन्धुलीको हरिहरपुरगढीमा बन्ने

काभ्रेका नागरिक पनि लाभान्वित हुने

3825
Shares
बागमती प्रदेशकै लामो पक्की पुल सिन्धुलीको हरिहरपुरगढीमा बन्ने

 

बागमती प्रदेशकै लामो पक्की पुल सिन्धुलीको हरिहरपुरगढीमा बन्ने भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ र ४ जोड्ने मरिण खोलामा पक्की पुल शिलान्यास गरिएको छ ।

आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पुलको शिलान्यास गरेका हुन् । यससंगै मरिण खोलामा पुल बनेपछि काभ्रेका नागरिक पनि लाभान्वित हुने भएका छन् ।

विशेषगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका,काभ्रे र मकवानपुरका नागरिकले सहजै सर्लाही सहित तराईका जिल्लाहरूमा आवतजावत गर्न सुविधा पाउनेछन् ।

२ सय ६२ दशमलब ४० मिटर लामो मरिण खोला पुल बागमती प्रदेश सरकारको कुल १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रूपैयाँ ६३ पैसा लागतमा निर्माण सुरू भएको हो । पुल निर्माणको ठेक्का हिम्दुङ र थोकर इम्यानुयल सारस जे.भीले पाएको छ ।

बागमती प्रदेश सरकारले आफ्नै बजेटमा निर्माण गर्न थालेको यो पुल प्रदेशकै नमुना र लामो पुलको रूपमा रहेको बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोेक शाहले जानकारी दिए । निर्माण कम्पनीले २०७९ पुष २२ गते भित्र पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ ।

3825
Shares

ट्रेन्डिङ