देउसी भैलो खेल्न नपाइने
धादिङ | धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गरेका छन् । […]