सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बलात्कारको आरोपमा बालक पक्राउ

बलात्कारको आरोपमा बालक पक्राउ

2310
Shares
बलात्कारको आरोपमा बालक पक्राउ

बैतडी | बालिका बलात्कारको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्।

पक्राउ परेका ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

2310
Shares

ट्रेन्डिङ