भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर
काठमाडौं : उपत्यकामा सुक्खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्। भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। […]