सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चौंरीदेउराली अध्यक्ष कपको उपाधि नाग्रेगगर्चेलाई

चौंरीदेउराली अध्यक्ष कपको उपाधि नाग्रेगगर्चेलाई

6700
Shares
चौंरीदेउराली अध्यक्ष कपको उपाधि नाग्रेगगर्चेलाई

काभ्रे : काभ्रेको चौंरीदेउराली ३ माझिफेदामा आइतबार सम्पन्न चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि वडा नं. २ नाग्रेगगर्चेले जितेको छ । यो पटक दोस्रो अध्यक्ष कप फुटबलको फाइनल भिडन्तमा वडा नं. ७ माडनकुडारीको टिमलाई उसले २ गोलले पराजित गरेको हो । नग्रेगगर्चेको टोलीले दुवै गोल हाल्फ समय अगाडीनै गरेको थियो । जवाफमा कुनै गोल फर्काउन नसकेपनि मादनकुडारी उपविजेता बन्न सफल भएको छ । वडा नं.६ कात्तिके देउराली भने तेस्रो भएको छ ।

विजेता समुहले नगद १ लाखसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र हात पारेका छन् । तेस्रो हुने टिमले नगद २५ हजारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिताको प्रथम हुने टिम र खेलाडीहरुलाई प्रदेश सांसद रत्न ढकाल,दोस्रो हुने टिम र खेलाडीलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतम र तेस्रो हुने टिम र खेलाडीहरुलाई पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले नगद पुरस्कारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

समापन समारोहमा प्रतियोगिताको उत्कृष्ठ खेलाडी,मिडफिल्डर,गोलरक्षक,सर्वाधिक गोलकर्ता,कोच,रेफ्रि लगायतलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा पालिकाका सबै ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।

शुक्रबार सुरु भएको प्रतियोगिता आइतबार समापन गरिएको प्रतियोगिता संयोजक वडा नं. ३ का वडाध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो । युवा जमातमा अनुशासन,भातृत्व र एकताका लागि प्रतियोगिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

6700
Shares

ट्रेन्डिङ