काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर युएई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको नौबाहिनी घर भएर कोटेश्वर बस्ने मिनराज राना क्षेत्री छन् । ३२ वर्षीय क्षेत्रीलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
आरोपीले २ लाख ३० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
