सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

7500
Shares
भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

काठमाडौं : उपत्यकामा सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो।

7500
Shares

ट्रेन्डिङ