सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा २२ हजार भन्दा धेरैले कोरोना भाईरस बिरुद्धको खोप लगाए

काभ्रेमा २२ हजार भन्दा धेरैले कोरोना भाईरस बिरुद्धको खोप लगाए

6730
Shares
काभ्रेमा २२ हजार भन्दा धेरैले कोरोना भाईरस बिरुद्धको खोप लगाए

काभ्रेमा कोरोना भाईरस बिरुद्धको खोप २२ हजार भन्दा धेरैले लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको बिवरण अनुसार हिजो सम्म जिल्लामा पहिलो र दोस्रो चरणमा गरि २२ हजार ६ सय ७५ जनाले खोप लगाएका छन् ।

पहिलो चरणको खोप अभियानमा ६ हजार ७ सय ९९ जनाले खोप लागाएका थिए भने दोस्रो चरणमा हालसम्म १५ हजार ८ सय ७६ जनाले खोप लगाएका छन् । जिल्लाको १३ वटै स्थानीय तहको बिभिन्न स्थानमा तोकीएको खोप केन्द्र मार्फत ८ हजार २३ जना महिला र ७ हजार ८ सय ५३ जना पुरुषले खोप लगाएका हुन् ।

जस अनुसार बनेपा नगरपालिकामा १ हजार ९ सय ९६ जना,धुलिखेलमा २ हजार ११, पनौतीमा १ हजार ८ सय ३४,पाँचखालमा १ हजार ४ सय २९, नमोबुद्धमा १ हजार ७ सय ६, मण्डनदेउपुरमा १ हजार ३ सय १९ जनाले खोप लगाएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा ८ सय ५१, रोशीमा ५ सय ३९, बेथानचोकमा ६ सय ८०, तेमालमा १ हजार ६८, महाभारतमा ७ सय १०, खानीखोलामा ४ सय ३५ र चौरीदेउराली गाउँपालिकामा १ हजार २ सय ९८ जनाले खोप लगाएका छन् ।

 

6730
Shares

ट्रेन्डिङ