सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अपडेटः त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइतेको उद्धार, डुबेको बस निकाल्ने तयारी

अपडेटः त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइतेको उद्धार, डुबेको बस निकाल्ने तयारी

3160
Shares
अपडेटः त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो, २४ जना घाइतेको उद्धार, डुबेको बस निकाल्ने तयारी

मंसिर १३ ,काठमाडौं। त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । दुर्घटनामा घाइते भएका पवन महतको समयमै उद्धार नहुँदा ज्यान गएपछि मृतकको संख्या ८ पुगेको हो ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान करिब ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशूली नदीमा खसेको छ। प्रहरीका अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ।

सशस्त्र प्रहरी गोताखोरले बसलाई २५ फिट तल फेला पारेको छ । बसलाई निकाल्ने तयारी भइरहेको छ। प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । मृतकमध्ये देवदह-१०, गोदाहका दीपक पाण्डे र ठेगाना नखुलेको पवन महत छन्।

मुग्लिन, जोगिमारा र गजुरीबाट पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले घाइतेको उद्धार गरिएको थियो।

गलत दिशाबाट आएको बा ६ ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ।

3160
Shares

ट्रेन्डिङ