सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने, संघले प्राधिकरणलाई लेख्यो पत्र

इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने, संघले प्राधिकरणलाई लेख्यो पत्र

5125
Shares
इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने, संघले प्राधिकरणलाई लेख्यो पत्र

काठमाडौं ,भदौ ३१, ;इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ ।

 

 

विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने भएपछि इन्टरनेट प्याकेजको मूल्य वद्धि गर्नुको विकल्प नरहेको सेवा प्रदायकको भनाई छ । संघले मूल्य बढाउने निर्णय गरेर बढाइएको मूल्यसूची स्वीकृत गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र समेत लेखेको छ ।

-रातोपाटी

5125
Shares

ट्रेन्डिङ