सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

6340
Shares
घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

काठमाडौं, फाल्गुन २१ः घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ ।

घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ ।

आगामी २ महीनासम्ममा प्रतिवेदन तयार पार्ने गरी मन्त्रालयले विभिन्न अवधारणामा गृहकार्य गरिरहेको छ । सरकारले आफ्नै कम्पनी बनाउने, निजी–सरकारी साझेदारी (पीपीपी) अवधारणामा काम गर्ने अथवा कुनै मार्गदर्शन बनाएर निजीक्षेत्रलाई नै कारोबार गर्न दिने भन्ने तीनओटा अवधारणामा छलफल भएको र यसको मोडालिटी स्पष्ट पार्ने काम भइरहेको छ । त्यसपछि मात्रै कुन मोडालिटीमा यसको कारोबार हुने भन्ने निक्र्योल हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मुलुकभर हुने घरजग्गाको कारोबारमा पारदर्शिता, जवाफदेही र यसको कारोबार गर्नेलाई जिम्मेवार बनाउने नै मुख्य लक्ष्य रहेको बताए । ‘अहिले जुन किसिमका ठगीका कारोबार, राजस्व छलीजस्ता अवैध काम गरिएको देखिन्छ,’ जोशीले भने, ‘त्यसलाई व्यवस्थित गर्न औपचारिक संस्था स्थापनाको आवश्यकता देखिएको हो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकले छापेको छ ।

6340
Shares

ट्रेन्डिङ