सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • अभिनेत्री नपाउँदा आमिरको फिल्मको छायांकन भएन

अभिनेत्री नपाउँदा आमिरको फिल्मको छायांकन भएन

4740
Shares
अभिनेत्री नपाउँदा आमिरको फिल्मको छायांकन भएन

अभिनेता आमिर खानको मुख्य भूमिका रहने फिल्ममा अभिनेत्रीको अभाव भयो भन्ने सुन्दा तपाइलाई अचम्म लाग्यो होला ? तर, अहिले यस्तै भएको छ । यशराज ब्यानरले निर्माण गर्न लागेको ‘ठग अफ हिन्दुस्तान’ फिल्मका लागि अभिनेत्रीको अभाव भएको छ । यो फिल्ममा अभिनेता आमिर खान र अमिताभ बच्चनको मुख्य भूमिका रहनेछ ।
तर, फिल्मको लिडिङ लेडी फाइनल गर्न सकिएको छैन । जसले गर्दा, यो महिनाबाटै छायांकनमा जानुपर्ने फिल्मको काम सुरु हुन सकेको छैन । खबरअनुसार, यसपटक यशराजले सेकेन्ड अभिनेत्री फिल्मका लागि पाइसकेको छ । तर, मुख्य अभिनेत्री नहुँदा फिल्मको छायांकन सुरु हुन नसकेको हो । ‘दिल तो पागल हे’मा मादुरी दिक्षित फाइनल भैसकेपछि लिडिङ अभिनेत्री फाइनल गर्न यशराजलाई अप्ठ्यारो परेको थियो ।

4740
Shares

ट्रेन्डिङ