सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुत्केरी महिलाको मृत्यु, अस्पताल सिल

सुत्केरी महिलाको मृत्यु, अस्पताल सिल

6505
Shares
सुत्केरी महिलाको मृत्यु, अस्पताल सिल

काभ्रे, ३ जेठ / काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन । कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन ।’

अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो । १० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् । सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । आमाको मृत्यु भएपछि शिशुलाई अस्पतालमै राखिएको अस्पतालका एक चिकित्सकले बताए । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएकी उनको मृत्यु भएपछि अहिले अस्पताल सिल गरिएको छ । उनको पुन: कोरोना परीक्षण गर्न पठाइएको छ ।

6505
Shares

ट्रेन्डिङ