काभ्रेको छ स्थानीय तहमा डेंगु संक्रमण
काभ्रे : काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ। कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक-एक जनामा डेंगुको संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको […]