नमोबुद्धमा बर्षाले घर भत्किएकालाई रेडक्रसको सहयोग, नगर प्रमुखले आश्रय दिने
काभ्रे : अबिरल बर्षाका कारण घर भत्किएर बासस्थान गुमाएकी एकल महिलालाई नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखामार्फत राहत उपलव्ध गराइएको छ । मंगलबार अबिरल बर्षाका कारण नमोबुद्ध–७, काक्रे निवासी एककुमारी न्यौपाने श्रेष्ठको घर पूर्ण क्षति हुँदा उनी आवासविहिन भएकी थिइन् । घटनाको जानकारी पाएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रेले उपलव्ध गराएको राहत लिएर डराउनेपोखरी उपशाखाका सभापति नविन […]