काभ्रे : जिल्लाको बनेपा नगरपालिका–१३ अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बनेपा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले मृत्यु हुनेमा धुलिखेल -८ को २१ वर्षीय अभिषेक न्यौपाने रहेको जानकारी दिए।
डिएसपी बोहराका अनुसार बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमुनी छिर्दा गम्भीर घाइते भइ तत्काल उद्धार गरि धुलिखेल अस्पताल पुर्याएको थियो।
गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा बिहान ११:५५ मृत्यु भएको अस्पतालले जनाइएको छ। मोटरसाइकल दुर्घटना बिहान १०:३५ बजे भएको थिए।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकसँगै मोटरसाइकल भने बनेपा इलाका कार्यालयमा रहेको छ।