क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल
काठमाडौं , असोज १ ;क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतसँग छलफल गरेको स्रोतले जनाएको छ। प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा कांग्रेस क्रियाशील सदस्यताबारे विवाद छ। असोज ५ का लागि वडा अधिवेशन तोकिए […]