सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सानिमा बैंकको १२ हजार ७५१ कित्ता संस्थापक शेयर विक्रीमा

सानिमा बैंकको १२ हजार ७५१ कित्ता संस्थापक शेयर विक्रीमा

4660
Shares
सानिमा बैंकको १२ हजार ७५१ कित्ता संस्थापक शेयर विक्रीमा

सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ हजार ७५१ कित्ता संस्थापक शेयर (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले खरीद गर्ने शेयर कित्ता खुलाइ निवेदन दिन अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

4660
Shares

ट्रेन्डिङ