सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • मौसम पूर्वानुमान : यी ठाउँमा हुनेछ भारी वर्षा

मौसम पूर्वानुमान : यी ठाउँमा हुनेछ भारी वर्षा

575
Shares
मौसम पूर्वानुमान : यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई भूभागमा रहेको छ।

जसको प्रभावको कारणले मंगलबार देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

मंगलबार राति पनि देशभर अधिकांश बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

575
Shares

ट्रेन्डिङ