सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बनेपा नगरपालिकाले फोहर व्यवस्थापनको लागि आधुनिक प्रविधि भित्र्याउँदै

बनेपा नगरपालिकाले फोहर व्यवस्थापनको लागि आधुनिक प्रविधि भित्र्याउँदै

4405
Shares
बनेपा नगरपालिकाले फोहर व्यवस्थापनको लागि आधुनिक प्रविधि भित्र्याउँदै

बनेपा ,श्रावण २४ ; बनेपा नगरपालिका फोहर व्यवस्थापनको लागि आधुनिक प्रविधि भित्र्याउन लागेको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको फोहर व्यवस्थापनको लागि धुवा, ध्वनी र प्रदुषणरहित आधुनिक जापानी प्रविधि ल्याउने तयारी भइरहेको जनाएको छ ।

हिटा ग्रुपले नेपालमा बिक्रिवितरण गर्ने उक्त मेसिनले प्रति घण्टा ३० देखि ४० किलो फोहोर जलाउने क्षमता रहेको ग्रुपका म्यानेजर ग्याल्पो लामाले बताए । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं बादेले फोहर व्यवस्थापको गरि प्रदूषण मुक्त सहर बनाउने बताए । नगरपालिकाले उक्त मेसिन वडा नं. ९ स्थित कृषि फार्म भित्र राख्ने निर्णय गरेको छ ।

तर स्थानीयले मेसिन उक्त ठाउँमा राख्न नदिने बताएका छन् । कृषि योग्य जमिन र बस्तीको नजिक उक्त मेसिन राख्न नदिने र नगरपालिकाले दिर्घकालिन रुपमै फोहोर व्यवस्थापको लागि सोच्नु पर्ने स्थानीयको माग रहेको छ ।

4405
Shares

ट्रेन्डिङ