सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कर्णाली नदीमा यात्रु बस खस्यो, १० जनाको मृत्यु

कर्णाली नदीमा यात्रु बस खस्यो, १० जनाको मृत्यु

5800
Shares
कर्णाली नदीमा यात्रु बस खस्यो, १० जनाको मृत्यु

जेठ ३१, सुर्खेत। कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बसधवार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
यस्तै १८ यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

5800
Shares

ट्रेन्डिङ