सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चार हजार नाघ्‍यो

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चार हजार नाघ्‍यो

6675
Shares
थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चार हजार नाघ्‍यो

काठमाडौं, जेठ २७ । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिँदै मन्त्रालयले कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामा २९२ जना पुरुष र ३१ जना महिला छन् । कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५ सय ८४ जना निको भएर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

6675
Shares

ट्रेन्डिङ