सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

6080
Shares
नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

काठमाडौं, असार २०: नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृ’तक दुवैजनाको श’व नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २७२ जना घर फर्केका छन् । अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या छ हजार ४१५ पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।

6080
Shares

ट्रेन्डिङ