देशकै नमूना मैत्री सेवाश्रम
राजधानी नजिकैको प्राकृतिक सुन्दरतायुक्त गाउँ लप्सेफेदीमा शान्त र सुन्दर मैत्री सेवाश्रम (ज्येष्ठ नागरिक ग्राम) खुलेको छ । जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले शङ्खरापुर नगरपालिका–४ स्थित करिब सय रोपनी क्षेत्रफलमा ज्येष्ठ नागरिक, सेवानिवृत्त, स्वतन्त्र, सुखमय एवम् शान्त जीवनयापनका लागि मैत्री सेवाश्रम निर्माण गरेको हो । सरकारको अनुदान सहयोगमा साँढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवन तथा दुईतले […]