सबैको समाचार
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक

नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक

7335
Shares
नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक

अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ ।
जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । कमजोर नतिजा ल्याउने विद्यालयमध्ये अधिकांशका अङ्ग्रेजी, गणित र विज्ञान विषय कमजोर देखिएकाले अब हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ)मा ती विषयको नतिजा सुधारका लागि यस्तो निर्णय गरिएको जिल्ला शिक्षा समितिले बताएको छ ।
स्वयम्सेवाका रुपमा अध्यापन गर्न चाहने योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरी इच्छुक व्यक्तिलाई परिचालन गर्ने गरी तयारी गरिएको बताइएको छ । स्वयम्सेवक शिक्षकका रुपमा मानवीय तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई पनि सहयोग आह्वान गरिएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
एसइइ परीक्षालाई लक्ष्य गरी स्वयम्सेवक शिक्षक एक महिनाका लागि परिचालन हुने बताइएको छ । उनीहरुको लगानीले जिल्लाको नतिजा सुधार भएमा आगामी वर्षमा पनि निरन्तरता दिन सकिने पौडेलले बताउनुभयो । जिल्लाका ७२ सामुदायिक माविमा अध्ययनअध्यापन गर्ने ११६ शिक्षक र सात हजार ५०० विद्यार्थी रहेको जनाइएको छ । रासस

7335
Shares

ट्रेन्डिङ