संक्रमितलाई छैन आइसोलेसन
हेटौंडा, २९ साउन : बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित […]