सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • साउने झरी अझै केही दिन जारी रहने

साउने झरी अझै केही दिन जारी रहने

8830
Shares
साउने झरी अझै केही दिन जारी रहने

काठमाडौं , साउन २८ । अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ ।

अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ । मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको मौसमविद् शान्ति कँडेलले बताए ।

देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ । आउँदो २४ घण्टा देशभर विभिन्न स्थानमा हल्कादेखि ठूलो वर्षा हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

8830
Shares

ट्रेन्डिङ