सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • लकडाउनको समय सदुप्रयोग गर्दै नमोबुद्धका युवाहरु

लकडाउनको समय सदुप्रयोग गर्दै नमोबुद्धका युवाहरु

6000
Shares
लकडाउनको समय सदुप्रयोग गर्दै नमोबुद्धका युवाहरु

काभ्रे । राजधानीको नजीक रहेको नमोबुद्ध नगरपालीका धार्मीक, सँस्कृतिक तथा पर्यटकीय क्षेत्रले देश तथा विदेशमा ख्याती प्राप्त क्षेत्रको रुपमा चिनीदै आएको पाईन्छ । बौद्ध धर्मालम्बिहरुको प्रमुख पाठ पुजा गर्ने स्थानको रुपमा रहेको यस नमोबुद्ध स्तुपामा वर्षै पिछे हजारैको संख्यामा पर्यटकहरु आवत जावत गर्दछन ।

यसै नगरपालीकाको वडा नं. १ का युवाहरुले समाजीक तथा सास्कृतिक कार्यहरु गर्दै आएका छन् । देश तथा विदेशमा अहिले कोरोना भाइरलेको त्रास छाई रहेको बेला नमोबुद्धका युवाहरुले लकडाउनको सदुप्रयोग नमोबुद्ध स्तुपामा सरसफाई गरेर समाज सेवा गरेका छन । नमोबुद्ध नगरपालीकाको धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको नमोबुद्ध स्तुपा वरपर शनिबार युवाहरुको सहकार्यमा नमोबुद्ध सरसफाई अभियान सुरु गरेको छन ।

नामोबुद्ध स्तुपा तथा अन्य स्थानहरुमा शनिबार सरसफाई भएको हो । सरसफाई अभियानमा नव गठित श्री श्यामपाटि सिमलचौर युवा क्लबको सहकार्यमा नमोबुद्ध स्तुपामा सरसफई कार्यक्रम कर्म ग्याल्बो लामाको प्रमुख आतीथ्यतामा सम्पन्न भएको थियो ।

सरसफई कार्यक्रममा युवा समाज सेवी, राट्रिय युवा संघ नेपाका केन्द्रिय सदस्य तथा नेकपा काभ्रे जिल्ला कमिटि सदस्य राकेश लामा , श्यामपाटी प्रहरी चैकी प्रमुख लगाएत श्री श्यामपाटि सिमलचौर युवा क्लबका युवाहरुको सहभागीतामा नमोबुद्ध स्तपा सरसफाई भएको युवा समाज सेवी, राट्रिय युवा संघ नेपाका केन्द्रिय सदस्य तथा नेकपा काभ्रे जिल्ला कमिटि सदस्य राकेश लामाले बताए ।

6000
Shares

ट्रेन्डिङ