सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाली इन्धन ट्यांकर चालकमाथि गोली प्रहार

नेपाली इन्धन ट्यांकर चालकमाथि गोली प्रहार

3345
Shares
नेपाली  इन्धन ट्यांकर चालकमाथि गोली प्रहार

आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।
सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज-४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले जानकारी दिए ।
चालकको अवस्था सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ । रासस

3345
Shares

ट्रेन्डिङ