सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

4660
Shares
नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

काठमाडौं । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ । समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ ।अभिनेत्री कोइरालामाथि ट्वविटरमा पनि भारतीय नागरिकहरु जाइलागेका छन् ।

4660
Shares

ट्रेन्डिङ