बाल गायक रिभव सेवाचार्यको आवाजमा सानो सानो मान्छे बोलको बाल गीत सार्वजनिक भएको छ ।
इलाज प्रसाईको शब्द र कम्पोज रहेको उक्त गीतमा रिभव सेवाचार्यले आवाज दिएका हुन् । गीतको एरेन्ज बालकृष्ण सेवाचार्यले गरेका छन् । भिडियो सहित सार्वजनिक भएको गीतमा बालापनका कुरा समावेश गरिएको छ ।
अशोक रंजितले छायांकन र सम्पादन गरेका यस गीतको भिडियोमा साँगा क्षेत्रको रमाइला दृष्य देख्न सकिन्छ भने बालकृष्ण सेवाचार्यले नै निर्देशन गरेको भिडियोमा लिया बादे र रिभव सेवाचार्यले अभिनय गरेका छन् । यो गीत Flutter music Nepal यूट्युब मार्फत भिडियो सार्वजनिक भएको हो ।