सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अब परिचयपत्रका लागि फोटो खिचाउँदा सिन्दुर टीका लगाउन पाइने

अब परिचयपत्रका लागि फोटो खिचाउँदा सिन्दुर टीका लगाउन पाइने

995
Shares
अब परिचयपत्रका लागि फोटो खिचाउँदा सिन्दुर टीका लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने जनाएको हो ।

राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले चारबुँदे निर्देशन जारी गर्दै आफू मातहतका सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशनसमेत दिएको छ।

995
Shares

ट्रेन्डिङ