सबैको समाचार
सोमवार, माघ ७, २०८१
  • होमपेज
  • पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

140
Shares
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं, १४ मंशिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

140
Shares

ट्रेन्डिङ