सबैको समाचार
शनिबार, असार २१, २०८२
  • होमपेज
  • नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक

नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक

1115
Shares
नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक

बाल गायक रिभव सेवाचार्यको आवाज नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक गरिएको छ ।

भजनमा बाल गायक रिभव सेवाचार्यको आवाज तथा बाल कृष्ण सेवाचार्यको संगीत र ज्योतिष,वैधराज गुरु अच्युतानन्दको शब्द रहेको छ । नेपाल महात्म्य अनुसार ज्योतिर्लिङ्ग स्वरुप पशुपती नाथ ६४ स्वयम्भू शिवलिङ्ग को माझमा बिराजमान हुनुहुन्छ, यो भजन मा तिनै समस्त ६४ शिवलिङ्ग सहित पशुपती नाथ को स्तुति रहेको कुरा यस भजनका शब्द रचनाकार ज्योतिष,वैधराज गुरु अच्युतानन्दले जानकारी दिनुभयो ।

श्रावण महिना तथा श्रावण मासमा पर्नेहरेक सोमवार देवादिदेव महादेव को कृपा प्राप्ति हुने दिन हुन यो प्रसङ्ग स्कन्दपुराण तथा नेपाल माहात्म्य धर्म ग्रन्थ अन्तर्गत उल्लेख गर्दै यो महिना शिवजीको सबैभन्दा प्रिय महिना भएकाले त्यसैलाई मध्यनजर गर्दै यो भजनको रचना गरिएको अच्युतानन्दले जानकारी दिनुभयो ।

भजनलाई Flutter music Nepal युटुव च्यानलमा सार्वजनिक गरिएको छ।

1115
Shares

ट्रेन्डिङ