सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मन्त्री तीर्थ लामा आज स्वदेश फर्किंदै

मन्त्री तीर्थ लामा आज स्वदेश फर्किंदै

5445
Shares
मन्त्री तीर्थ लामा आज स्वदेश फर्किंदै

काभ्रे । दक्षिण कोरिया भ्रमणमा रहनुभएका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आज स्वदेश फर्किंदै हुनुहुन्छ।एक साताका लागि भ्रमणमा रहेको मन्त्री लामा नेतृत्वको टोलीले कोरियाको आन्याङ नगरपालिकाका मेयर छोइ दे हो, सोल महानगरपालिकाका मेयर ओसेहुन कोरियाका पुर्वमन्त्री तथा सांसद माननीय होङ मुन फ्यो लगायतसंग भेटवार्ता गरेको छ।

भेटवार्ताका क्रममा दुई देश बीचको मैत्री सम्बन्ध तथा विकास निर्माणका विविध पक्षमा कुराकानी भएको मन्त्री लामाको सचिवालयले जनाएको छ । टोलीले विश्वको सबैभन्दा ठुलो मध्येको स्टिल उत्पादक कम्पनी पोस्कोको अवलोकन समेत गरेको छ । कम्पनीले नेपालमा आफ्नो व्यवसायिक सम्भाव्यताबारे अध्ययन गर्ने प्रस्ताव राखेकाले त्यसका लागि सरकारसंगको आवश्यक समन्वय गर्ने मन्त्री लामाले बताउनुभयो ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहनु भएका मन्त्री लामालाई नेपाली कांग्रेसका दक्षिण कोरिया स्थित जनसम्पर्क समिति, भातृ एवं शुभेच्छुक संघसंस्थाले भव्य स्वागत सहित सम्मान गरेका थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हाले पश्चातको पहिलो वैदेशिक भ्रमणले एक्काइसौँ शताब्दीको सूचना प्रविधि र दक्षिण कोरियाले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट आफुपनि प्रभावित भएको मन्त्री लामाले बताउनुभयो। ‘खानेपानी, सिंचाई र उर्जा क्षेत्र सहित यहाँको पूर्वाधार विकासको मोडेललाइ अनुशरण गर्न सके हाम्रो मुलुकको विकास निर्माणले पनी उचित गति लिने थियो।’

भ्रमण बारे जानकारी दिंदै मन्त्रि लामाले भन्नुभयो भ्रमण दलमा उज्वल बराल, कमलजंग राई, इन्द्रलाल गोले, टीकाजंग थापा, नारायण चौलागाईं लगायत रहेको मन्त्री लामाको सचिवालयले जनाएको छ।

5445
Shares

ट्रेन्डिङ