काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ र ११ को सिमाना क्षेत्रमा रहेको अस्थाई प्रहरी पोस्टले भन्सार प्रज्ञापन पत्र नभएको सामान नियन्त्रणमा लिएको हो। ब्याजको बाजार मूल्य अनुरुप ४ लाख बडीको प्याज नियन्त्रणमा लिईएको हो।
धुलिखेल नगरपालिका वडा न ९ र ११ काभ्रेभञ्ज्याङ वि.पी. राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ प्याज लिई आउदै गरेको म १ क ४०८ नं. मिनि ट्रकमा उक्त सामानको भन्सार प्रज्ञापन पत्र नलिई बिलमा समेत शंका लागि आवश्यक सोधपुछ गर्दा मिनिट्रकमा ल्याईएको ८७ बोरा प्याज नियन्त्रणमा लीईएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनु भयो।
प्रहरीका अनुसार बजारको मुल्य अनुसार प्रति केजी रु. ११२ पर्ने, प्रतिबोरा ४६ के.जी. को रहेको, प्रतिबोरा मुल्य रु. ५१५२ पर्ने, जम्मा ८७ बोराको मुल्य रु. ४,४८,२२४।– ( चार लाख अढ्चालिस हजार दुई सय चौबिस ) प्याज पक्राऊ गरिएको हो। भने आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिनकुने काठमाडौंमा पठाइएको जानकारी दिएको छ।