सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्‍ने डाक्टर पक्राउ

‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्‍ने डाक्टर पक्राउ

510
Shares
‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्‍ने डाक्टर पक्राउ

काठमाडौं । ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्ने एक जना डाक्टर पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले भोजपुर घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानागाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई पक्राउ गरेको हो।

उनी पेसाले एमबिबिएस डाक्टर हुन्। उनले कुनै समय पाटन अस्पतालदेखि क्लिनिकहरूमा पनि काम गरिसकेका छन्। पछिल्लो समय भने उनी कुनै पनि ठाउँमा कार्यरत थिएनन्।

एसपी काजीकुमार आचार्यका अनुसार उनले ह्वाट्स एपमार्फत् आफू अन्डरवर्ल्डको एजेन्ट हुँ भनेर विहार लगायतका विभिन्न ठाउँबाट कन्ट्र्याक्ट किलर भाडामा लगाएर ज्यान मार्ने भन्दै धम्क्याउँथे।

उनलाई पछिल्लो समय क्यासिनोको लत समेत लागेको थियो। त्यही क्यासिनो जान रकम चाहिने भएकाले यो बाटो रोजेको एसपी आचार्यले बताए।

दाहालले ५० हजार देखि २ लाखसम्म रकम माग गर्थे। यसबारे उजुरी परेपछि प्रहरीले उनलाई मंगलबार शंखमूलबाट पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

510
Shares

ट्रेन्डिङ